२४ जेष्ठ २०८३, आइतबार

राष्ट्रिय सभाको बैठक बस्दै

प्रकाशित मिति :  3 June, 2026 10:39 am


काठमाडौँ । संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक बस्दैछ । आज मध्याह्न १२ः१५ बजे बैठक बस्ने भएको हो।

आज बस्ने बैठकमा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको जानकारी गराउने कार्यसूची रहेको छ।

यस्तै, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। सो प्रस्तावमाथि छलफल पनि आजैबाट प्रारम्भ हुने कार्यसूचीमा उल्लेख छ।

त्यसैगरी, अर्थमन्त्री वाग्लेले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि सभामा पेश गर्ने कार्यसूचीमा छ।



प्रतिक्रिया दिनुहोस !