२४ जेष्ठ २०८३, आइतबार

एनसेल ग्राहकलाई अल्टिमा लाइफस्टाइलका ग्याजेटमा ६० प्रतिशतसम्म छुट

प्रकाशित मिति :  7 June, 2026 3:45 pm


काठमाडौं । एनसेलका ग्राहकहरूले अब अल्टिमा लाइफस्टाइलका विभिन्न ग्याजेट खरिद गर्दा ६० प्रतिशतसम्म छुट पाउने भएका छन्। एनसेल र अल्टिमा लाइफस्टाइलबीचको सहकार्यपछि यो विशेष अफर सार्वजनिक गरिएको हो।

सम्झौतामा एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ता र अल्टिमा लाइफस्टाइलका प्रमुख कार्यकारी अधिकृत अमित अग्रवालले हस्ताक्षर गरेका छन्।

योजनाअन्तर्गत ९९ रुपैयाँ वा सोभन्दा माथिको सक्रिय डेटा, भ्वाइस वा कम्बो प्याक प्रयोग गरिरहेका प्रिपेड ग्राहक तथा रेन्टल प्लान सक्रिय रहेका पोस्टपेड ग्राहकहरू यो छुट योजनाका लागि योग्य हुनेछन्।

यो सुविधा एनसेल एपमार्फत मात्र उपलब्ध हुनेछ। ग्राहकले एपमा रहेको ‘पार्टनर्ड सर्भिसेस’ अन्तर्गत अल्टिमा लाइफस्टाइल छनोट गरेपछि मोबाइल नम्बरका आधारमा योग्यता स्वतः जाँच हुनेछ र छुटसहितको मूल्य एपमै देखिने व्यवस्था गरिएको छ।

योजनाअन्तर्गत साउन्डबार, स्पिकर, वायरलेस इयरबड, स्मार्टवाच, पावर बैंकलगायत अल्टिमाका विभिन्न ग्याजेटमा विशेष छुट उपलब्ध हुनेछ। खरिद गरिएका सामग्रीको डेलिभरी नेपालभर हुने व्यवस्था गरिएको छ।

एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ताले ग्राहकको डिजिटल जीवनशैलीलाई अझ सहज र समृद्ध बनाउन यो योजना ल्याइएको बताए। उनले भने, “हामी हाम्रा ग्राहकहरूलाई अल्टिमा ग्याजेटहरूमा ६० प्रतिशतसम्म छुट प्रदान गर्ने योजना ल्याउन पाउँदा उत्साहित छौँ र अल्टिमा लाइफस्टाइलसँगको सहकार्यले ग्राहकको डिजिटल अनुभवलाई अझ समृद्ध बनाउनेछ।”

कम्पनीका अनुसार योग्य नभएका ग्राहकहरूले पनि ९९ रुपैयाँ वा सोभन्दा माथिको कुनै पनि प्याक खरिद गरेर यो योजनामा सहभागी हुन सक्नेछन् र योग्य प्याक वा रेन्टल प्लान सक्रिय रहेसम्म पटक–पटक छुट सुविधा उपयोग गर्न सक्नेछन्।



प्रतिक्रिया दिनुहोस !