३ असार २०८३, बुधबार

नेपाल वायुसेवा निगमलाई उकास्नका लागि उपयुक्त मोडलको खोजी भइरहेको छः पर्यटनमन्त्री पौडेल

प्रकाशित मिति :  17 June, 2026 4:30 pm


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपाल वायुसेवा निगमलाई माथि उकास्नका लागि उपयुक्त मोडलको खोजी भइरहेको बताएका छन् ।

निगम दुर्गतिमा फसेको उल्लेख गर्दै उनले त्यसलाई उकास्नका लागि सरकारले संरचनागत रुपमा नै आमूल सुधार गर्नका लागि राष्ट्रिय बहसमार्फत उपयुक्त मोडलको खोजी गरिरहेको स्पष्ट पारे ।

बुधवार प्रतिनिधि सभा बैठकमा आफनो मन्त्रालयको विनियोजन शीर्षकमाथिको सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री पौडेलले निगम पखेटा घाइते भएका चराजस्तो भएको उल्लेख गर्दै त्यसलाई सुधारको बाटोमा अघि बढाउनका लागि सरकार प्रयासरत रहेको बताए ।

मन्त्री पौडेलले सरकारले निजी क्षेत्रसहितको सहभागितामा नेपाल वायुसेवा निगमलाई उकास्ने गरी योजना तर्जुमा गर्ने कामलाई अघि बढाएको पनि बताए । न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !