१५ असार २०८३, सोमबार

घट्यो नेप्से,खुम्चियो कारोबार रकम

प्रकाशित मिति :  29 June, 2026 4:34 pm


काठमाडौंँ । साताको कारोबारको पहिलो दिन सेयरबजार घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार नेप्से परिसूचक १६.५४ अंकले घटेर २६३२.९६ अंकमा झरेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका १३ ओटै उपसमुहको सेयरमूल्य घटेको छ ।

आज ग्लोबल आइएमई बैंकको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ८ करोड ८३ लाख ६२ हजार रूपैयाँ बढीको कारोबार भएको छ ।

आज टक्सार पिखुवा खोला, याम्बलिङ हाइड्रोपावर, स्नो रिभर्स र धौलागिरी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरूले सबैभन्दा धेरै कमाएका छन् । यी कम्पनीको सेयरमूल्य क्रमश १४.९९ प्रतिशत, १४.९९ प्रतिशत, १४.९९ प्रतिशत र १४.९८ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

आज स्वाभिमान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयरमूल्य ५.८३ प्रतिशतले घटेको छ ।

कुल ३५१ कम्पनीको ७६ लाख ९९ हजार २२७ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ६७ करोड १८ लाख ३२ हजार रूपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !