२६ असार २०८३, शुक्रबार

राेल्पाकाे सुनछहरी गाउँपालिकाद्वारा आर्थिक वर्ष २०८२/८३ मा ८४.२६ प्रतिशत बजेट खर्च

प्रकाशित मिति :  10 July, 2026 9:18 am


रोल्पा । सुनछहरी गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ मा स्वीकृत वार्षिक बजेटअनुसार सञ्चालन भएका योजना तथा कार्यक्रमहरूको भुक्तानी कार्य सम्पन्न भएको जनाएको छ ।

गाउँपालिकाले विज्ञप्ति जारी गर्दै समयमै पेश भएका सम्पूर्ण कारोबारहरूको भुक्तानी सम्पन्न गरिएको जनाएको हाे ।

सूचनाअनुसार चालु आर्थिक वर्षमा गाउँपालिकाको कुल बजेट विनियोजन गरिएको रकम ४६ करोड २ लाख ८२ हजार ९ सय ६३ रुपैयाँमध्ये ८४.२६ प्रतिशत खर्च भएको छ ।

जसमा चालुतर्फ ३२ करोड ९५ लाख १९ हजार ९ सय ६३ मध्य २७ करोड ४५ लाख ६ हजार २७ रुपैयाँ ८६ पैसा अर्थात ८३.३ प्रतिशत र पुँजीगततर्फ १३ करोड ७ लाख ६३ हजार मध्ये ११ करोड ३३ लाख ५६ हजार १ सय ८८ रुपैयाँ ८ पैसा अर्थात ८६.९ प्रतिशत खर्च भएको पालिकाले जनाएको छ ।

गाउँपालिकाले आगामी आर्थिक वर्षमा पनि बजेट तथा कार्यक्रम कार्यान्वयनमा सबै सरोकारवालाको सक्रिय सहयोग, समन्वय र सहकार्य रहने विश्वास व्यक्त गरेको छ।



प्रतिक्रिया दिनुहोस !