वाइवाइ, प्रिमियम पिरो, गोलमोल र मामा चाउचाउ बजार बाट फिर्ता गर्न आदेश, न्युन गुणस्तरमा कारवाही
काठमाडौं। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुणस्तर परीक्षणका क्रममा न्यून गुणस्तर भेटिएपछि वाइवाइसहित चार प्रकारका चाउचाउ बजारबाट फिर्ता (रिकल) गर्न आदेश दिएको छ ।
चौधरी ग्रुप अन्तर्गत सिजी फुड्स लिमिटेडको बर्दियास्थित उद्योग बाट उत्पादित ६० ग्रामको बि/बिएम१-एक्स २०२६-०५- १४ ब्याच नं. को वाइवाइ, बि/बिएम२डी, २०८३-०१-११ ब्याच नम्बरको गोलमोल चाउचाउ, बि/बिएम२.सि. २०८३-०१-२८ ब्याच नम्बरको प्रिमियम पिरो चाउचाउ र ब्याच नं. बि/बिएम१. एक्स. २०२६-०५-१३ को मामा चाउचाउ खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ को दफा १६ विपरिर न्युन गुणस्तरको रहेको विभागले सूचना जारी गर्दै जानकारी गराएको हो ।
विभागले सम्बन्धित उत्पादक बीसीजी फुड्स इन्टरप्राइजेज प्रालि, बाँसगढी–३, बर्दिया लाई उक्त ब्याचका उत्पादन बिक्री वितरण नगर्न र तत्काल बजारबाट संकलन गरी फिर्ता गर्न निर्देशन दिएको छ। साथै उपभोक्तालाई पनि ती ब्याच नम्बरका चाउचाउ खरिद नगर्न तथा खरिद गरिसकेको भए प्रयोग नगर्न आग्रह गरिएको छ।








