हरेक दिन एक जना नेपाली लखपति, महिनामा दुई जनालाई बम्परमा १०–१० लाख
प्रकाशित मिति : 21 July, 2026 12:26 pm
काठमाडौँ । सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउने भएको छ । मूल्य अभिवृद्धि कर (भ्याट) र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका तथा एक सय रूपैयाँभन्दा बढीको कारोबारमा अनलाइन वा नगद भुक्तानी गरी बिल लिएका नागरिकहरू यो योजनामा सरिक हुन पाउनेछन्।
अब आफूले १०० रूपैयाँभन्दा बढीको सामान किन्दा वा होटेलररेस्टुरेन्टमा भुक्तानी गर्दा सक्कली बिल लिएपछि उक्त बिल नम्बरबाट नै सरकारले लखपति बनाउने जनाएको छ ।
हरेक महिनाको १६ गते र अन्तिम दिन (पाक्षिक रूपमा) लखपति योजनाको घोषणा गरिने उल्लेख गरिएको छ । सरकारले एक महिनामा २ जनालाइ बम्पर उपहारमा १०/१० लाख दिने जनाएको छ ।








