नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री
प्रकाशित मिति : 22 September, 2026 7:06 pm
काठमाडौँ । नेकपा ९एमाले०की केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले स्थापित दलहरुमा नेतृत्व परिवर्तनको बहस ‘फेसन’ जस्तो भएको टिप्पणी गरेकी छिन् ।
ललितपुरको भनिमण्डलस्थित रामबाग महल परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले गत वर्षको जेन–जी आन्दोलनका षड्यन्तकारीहरूले नेतृत्व परिवर्तनको एजेण्डा पार्टीमा प्रवेश गराएको बताइन् । तर बाहिरका हल्लाको भरमा पार्टीको जिम्मेवार तहमै रहेका नेताहरुले पार्टी पुनर्गठनको कुरा गर्न उचित नहुने उनको भनाइ छ ।
उनले पार्टी नेतृत्व र पुनर्गठनको कुरा बाहिरतिर पानी परिरहेको छ अनि घरभित्रै छाता ओढेजस्तो भएको भन्दै यसको कुनै औचित्य नभएको उल्लेख गरिन् ।
उनले चुनावमा पार्टीले भोगेको परिणामको दोष नेतृत्वलाई दिन नहुने तर्क गरिन् ।









