६ आश्विन २०८३, मंगलबार

संघीय संसद्को नयाँ भवनस्थित अस्थायी क्यान्टिन बन्द, पुरानै ठाउँबाट निरन्तर

प्रकाशित मिति :  22 September, 2026 3:19 pm


काठमाडौँ । संघीय संसद्को नयाँ भवनमा सञ्चालित अस्थायी क्यान्टिन बन्द गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले प्रतिनिधिसभाको बैठकमा क्यान्टिनको मूल्य अत्यधिक महँगो भएको भन्दै प्रश्न उठाएको भोलिपल्टै उक्त अस्थायी क्यान्टिन बन्द गरिएको हो।

सांसद सुनारले मंगलबारको बैठकमा चिया, चाउमिन, ममलगायतका परिकारको मूल्य उल्लेख गर्दै क्यान्टिन सञ्चालनप्रति असन्तुष्टि जनाएका थिए। त्यसलगत्तै नयाँ भवनमा रहेको अस्थायी क्यान्टिनको सेवा रोकिएको हो।

क्यान्टिनका कर्मचारी राजकाजी महर्जनका अनुसार माथिल्लो व्यवस्थापनको निर्णयअनुसार अस्थायी क्यान्टिन बन्द गरिएको हो। सिंहदरबारभित्र रहेको मुख्य क्यान्टिन भने यथावत् सञ्चालनमा रहेको उनले बताए।



प्रतिक्रिया दिनुहोस !