६ आश्विन २०८३, मंगलबार

दुवाकोटमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

प्रकाशित मिति :  22 September, 2026 4:50 pm


भक्तपुर । चाँगुनारायण नगरपालिका–२, दुवाकोटमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।

प्रहरीका अनुसार मिति २०८३ असोज ६ गते दिउँसो करिब ३ बजे केएमसी अस्पतालबाट महाकालचोकतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२(००३ प ३७०७ नम्बरको मोटरसाइकलले दुवाकोटस्थित सिटी ब्याङ्केट नजिकै पैदलयात्रीलाई ठक्कर दिएको थियो।

मोटरसाइकलको ठक्करबाट घाइते भएका अन्दाजी ६५ वर्षीय पुरुषलाई उपचारका लागि के।एम।सी। अस्पताल लगिएको थियो। तर, उनको उपचारकै क्रममा दिउँसो ३:२० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि अनियन्त्रित भएको मोटरसाइकलले सोही स्थानमा रोकिराखेको बा.२१ च ५६७४ नम्बरको कारलाई समेत ठक्कर दिएको थियो। ठक्करबाट कारको अगाडिको भागमा क्षति पुगेको छ।

दुर्घटनामा संलग्न मोटरसाइकल चालक जुम्लाको हिमा गाउँपालिका–५ घर भई हाल सृजनानगर बस्दै आएका २० वर्षीय दिपेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।



प्रतिक्रिया दिनुहोस !