५ श्रावण २०८३, मंगलबार

काठमाडौँ विश्वविद्यालयकाे उपकुलपति लागि निवर्तमान उपकुलपति वाग्लेसहित ३५ जनाको आवेदन

प्रकाशित मिति :  21 July, 2026 2:03 pm


Kathmandu University. Post/Photo: Anish Regmi

काठमाडौँ । काठमाडौँ विश्वविद्यालयका लागि निवर्तमान उपकुलपति वाग्लेसहित ३५ जनाको आवेदन काठमाडौँ । काठमाडौँ विश्वविद्यालय (केयू) को उपकुलपति पदका लागि ३५ जनाले आवेदन दिएका छन् ।

सरकारले अध्यादेशमार्फत उपकुलपतिसहित केयूका पदाधिकारी हटापछि नयाँ नयाँ उपकुलपति नियुक्तिको प्रक्रिया अगाडि बढेको हो ।

प्रतिस्प्रधामा अध्यादेशमाफर्त उपकुलपतिबाट हटेका प्रा.डा. अच्युत वाग्ले पनि प्रतिस्प्रधामा छन् ।

सुबोध शर्मा, रोजी श्रेष्ठ, सागर राज शर्मा, कन्हैया झा, विकास नकर्मी, राजेन्द्र जोशी, शेषानन्द सञ्जेल, माधव लम्साल, विमप्रसाद श्रेष्ठ, एकराज ओझा, धिरज गिरी, राजेन्द्र ज्ञवाली, वेदमणि दाहालले उपकुलपतिका लागि आवेदन दिएका छन् ।

बराज सिंह थापा, वालचन्द्र लुइँटेल, दयाराम पोखरेल, विवेक बराल, मनिष पोखरेल,रविन्द्रप्रसाद कायस्थ, लोचन रिजाल, प्रचण्ड मान प्रधान, हरि प्रसाद न्यौपाने, रिजन भक्त कायस्थ, ऋषिकेश पाण्डे, ध्रुव प्रसाद गौचन, जनार्दन लामिछाने, समिर खरेल, सञ्जय नाथ खनाल, वाल कृष्ण वल, सुनिल कुमार जोशी, भुपाल गोविन्द श्रेष्ठ, रामकृष्ण रेग्मी, निरञ्जन पराजुली रवीन्द्र विष्टले पनि काठमाडौँ विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन दिएका छन् ।

अन्तर्वार्ता, कार्यपत्र प्रस्तुतीकरणपछि सिफारिसपछि तीनजनाको नाम उपकुलपतिका लागि सिफारिस गर्ने छ ।

तीनजनाबाट १ जनालाई विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहले उपकुलपति चयन गर्नेछन् ।



प्रतिक्रिया दिनुहोस !