८ श्रावण २०८३, शुक्रबार

म्यानमारद्वारा ३ लाख ७० हजार टनभन्दा बढी फलफूल तथा तरकारी निर्यात, २२ करोड डलर आम्दानी

प्रकाशित मिति :  24 July, 2026 10:06 am


काठमाडौँ । आर्थिक वर्ष २०२५–२६ मा म्यानमारले ३ लाख ७० हजार टनभन्दा बढी फलफूल तथा तरकारी निर्यात गरी करिव २२ करोड अमेरिकी डलर वैदेशिक मुद्रा आर्जन गरेको छ ।

म्यानमार फलफूल, फूल र तरकारी उत्पादक तथा निर्यातक संघले यसबारे जानकारी दिएको हो । संघका सचिव प्येथार सानकाअनुसार निर्यात गरिएका कृषि उपजहरूमध्ये टिस्यु कल्चर गरिएका केरा र तरभुजाको परिमाण सबैभन्दा बढी रहेको छ ।

म्यानमारमा उत्पादित यी फलफूल तथा तरकारीहरू मुख्यतया चीन, थाइल्याण्ड, रुस, सिङ्गापुर, जापान र मलेसिया निर्यात हुने गरेका छन् । सचिव सानले संघले आगामी आर्थिक वर्ष २०२६–२७ मा निर्यातको लक्ष्यलाई वृद्धि गरी ६ लाख टन पु¥याउने लक्ष्य राखेको जानकारी दिए ।

म्यानमारको फलफूल तथा तरकारी उद्योगको भविष्यलाई थप सबल बनाउन संघले नयाँ निर्यातजन्य वस्तुहरूको विकासमा जोड दिइरहेको छ । साथै, तोकिएको निर्यात लक्ष्य हासिल गर्न र निर्यात प्रक्रियालाई सहज बनाउन आवश्यक कार्यहरू भइरहेको अधिकारीहरूले बताएका छन् । न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !