१४ श्रावण २०८३, बिहिबार

तराई–मधेसमा बढ्दो सुरक्षा संवेदनशीलताप्रति सांसद झाको चिन्ताः राज्यको भुमिका प्रभावकारी बनाउन माग

प्रकाशित मिति :  30 July, 2026 4:41 pm


काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले तराई–मधेस र पूर्वका केही जिल्लाहरूमा विकसित पछिल्लो घटनाक्रमप्रति चिन्ता व्यक्त गरेका छन्।

संघीय संसद भवनबाहिर सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद झाले सुरक्षा संवेदनशीलता र सामाजिक सद्भाव कायम राख्न राज्यको सक्रियता पर्याप्त नभएको टिप्पणी गरे । सांसद झाले मधेस प्रदेशका करिव २० जना सांसदहरूले पार्टी सभापति रवि लामिछानेसँग सो क्षेत्रको सुरक्षा अवस्थाबारे विशेष छलफल गरेको जानकारी दिए ।

पछिल्लो समय धनुषामा भएको ओम प्रकाशको मृत्यु र त्यसपछिको परिस्थितिप्रति लक्षित गर्दै झाले राज्यको सक्रियता र तदारुकतामा कमजोरी देखिएको बताए। पीडित परिवारले हालसम्म शव बुझ्न नसकेको, सान्त्वना र उचित क्षतिपूर्तिको व्यवस्था नभएको भन्दै उनले गृह प्रशासनको ध्यानाकर्षण गराए ।

सांसद झाले नेपाली समाजको ऐतिहासिक धार्मिक तथा सामाजिक सहिष्णुतालाई बिथोल्न खोज्ने प्रवृत्तिप्रति सचेत रहन सबैलाई आग्रह गरे ।–न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !