२९ बैशाख २०८१, शनिबार

मनसुन सक्रिय भएकाले आगामी तीन दिन देशभर बदलीसहित वर्षा हुने

प्रकाशित मिति :  3 July, 2020 1:35 pm


काठमाडौं,१९ असार ।

मनसुन सक्रिय भएकाले आगामी तीन दिन देशभर बदलीसहित वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाले मनसुन सक्रिय भएसँगै केही दिन वर्षाको सम्भावना रहेकाले बाढीपहिरोबाट जोगिन आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । मौसमविद् गङ्गा नगरकोटीका अनुसार आगामी तीन दिन देशभरि नै वर्षाको सम्भावना रहेको छ ।

महाशाखाले आगामी २४ घण्टा देशको सबै प्रदेशमा बदली रही मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना रहनुका साथै प्रदेश १, ५, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको बताएको छ । तसर्थ ती क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाइ यातायात प्रभावित हुने तथा ढल÷पानीको राम्रो निकास नभएको ठाँउमा डुबानसमेत हुनसक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

‘शुक्रबार अपराह्नपछि देशको धेरैजसो स्थानमा मनसुनी बादल विकसित भई हल्कादेखि मध्यम वर्षा हुनेछ’, मौसमविद् नगरकोटीले भन्नुभयो । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही सुदूरपश्चिम, प्रदेश ५, वाग्मती र कर्णाली प्रदेशका केही स्थानमा हलकादेखि मध्यम वर्षा भइरहेको  छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २१ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम ३१ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ ।

 

आगामी तीन दिनको मौसम पूर्वानुमान

असार १९ गते (शुक्रबार)

दिउँसोः देशका सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ  सहित हल्का देखि मध्यम वर्षाको  संभावना रहेको छ। प्रदेश १, बागमति प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुर पश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

 

रातीः देशको सबै प्रदेशहरुमा सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ  सहित हल्का देखि मध्यम वर्षाको  सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमति प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुर पश्चिम प्रदेशका  थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

असार २० गते (शनिबार)

दिउँसोः देशका सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ  सहित हल्का देखि मध्यम वर्षाको  संभावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमति प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुर पश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

 

रातीः देशको सबै प्रदेशहरुमा सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ  सहित हल्का देखि मध्यम वर्षाको  सम्भावना रहेको छ। गण्डकी प्रदेश र प्रदेश ५ का एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

असार २१ गते (आइतबार)

दिउँसोः देशका सबै प्रदेशहरुमा सामान्य बदली रही प्रदेश ५, सुदुर पश्चिम प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका धेरै स्थानहरुमा साथै  प्रदेश १, प्रदेश २ र बागमति प्रदेशका केहि स्थानहरुमा मेघगर्जन/चट्याङ  सहित हल्का देखि मध्यम वर्षाको  संभावना रहेको छ।गण्डकी प्रदेश, प्रदेश ५ र सुदुर पश्चिम प्रदेशका एक-दुई स्थानमा स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

 

रातीः देशको सबै प्रदेशहरुमा सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ  सहित हल्का देखि मध्यम वर्षाको  सम्भावना रहेको छ।

 

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):

देशभर धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ  सहित हल्का देखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २, बागमति प्रदेश, गण्डकी प्रदेश, प्रदेश 5 र सुदुर पश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ सहित भारी वर्षा (Heavy Rain) को समेत  सम्भावना  रहेको छ। तसर्थ ती क्षेत्रहरुका नदीहरुमा पानीको बहाव बढ्ने, भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल / पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।



प्रतिक्रिया दिनुहोस !