तोलामा ९ हजार ३ सय रुपैयाँ बढ्यो सुन
प्रकाशित मिति : 20 August, 2026 11:36 am
काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनको भाउ तोलामा ९ हजार ३ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९ हजार ३ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख १३ हजार ४ सय रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला ३ लाख ४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, चाँदीको मूल्य पनि तोलामा २ सय ६० रुपैयाँले बढेको छ । बुधबार प्रतितोला ४ हजार ५ सय ९५ रुपैयाँ रहेको चाँदीको मूल्य आज बढेर ४ हजार ८ सय ५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।








