७ अंकले बढ्यो नेप्से परिसूचक
काठमाडौँ । साताको कारोबारको चौथो दिन सेयरबजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार विहीबार सेयर मापक सूचक नेप्से परिसूचक ७.१७ अंकले बढेर २६२९.४० अंकमा पुगेको छ ।
आजको दिन नेप्सेमा कारोबार भएका १३ ओटा उपसमुहमध्ये ६ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने ७ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।
विहीबार एग्रीकल्चर बण्ड (९ वर्ष) को सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ५० करोड ६५ लाख रूपैयाँको कारोबार भएको छ ।
आजको दिन नेप्सेमा माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट र सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिजका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन्। यी दुई कम्पनीको सेयरमूल्य१४.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
कुमारी धनवृद्धि योजनाका लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयरमूल्य ९.७७ प्रतिशतले घटेको छ ।
कुल ३४५ कम्पनीको ९५ लाख ७६६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४० करोड १४ लाख ९ हजार रूपैयाँभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।








