८५ अर्ब रूपैयाँ निक्षेप संकलन गर्दै राष्ट्र बैंक
प्रकाशित मिति : 21 August, 2026 11:12 am
काठमाडौँ । शुक्रबार नेपाल राष्ट्र बैंकले ८५ अर्ब रूपैयाँ निक्षेप संकलन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता भएपछि राष्ट्र बैंकले बोलकबोलको माध्यमबाट १७५ दिनको लागि निक्षेप संकलन गर्न लागेको हो ।
यसको सावाँब्याज राष्ट्र बैंकले २०८३ माघ २९ गते भुक्तानी गर्ने जनाएको छ ।
निक्षेप संकलन उपकरणको बोलकबोलमा “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने छन् ।









