५ भदौ २०८३, शुक्रबार

सुनको मूल्यमा फेरि उछाल, तोलामै ३ हजार ३०० रुपैयाँ वृद्धि

प्रकाशित मिति :  21 August, 2026 11:59 am


काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य शुक्रबार पनि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले वृद्धि भएको हो।

बिहीबार प्रतितोला ३ लाख १३ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार बढेर ३ लाख १६ हजार ७०० रुपैयाँ पुगेको छ।

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार चाँदी प्रतितोला १३० रुपैयाँले बढेर तोलाको ४ हजार ९८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

सुनचाँदीको मूल्यमा लगातार भइरहेको उतारचढावले नेपाली बजारमा यसको प्रभाव देखिन थालेको छ।



प्रतिक्रिया दिनुहोस !