सुनचाँदीको मूल्य बढ्यो
प्रकाशित मिति : 23 August, 2026 12:05 pm
काठमाडौँ । नेपाली बजारमा आज आइतबार पनि सुनचाँदीको मूल्य बढेको छ ।
आज सुन तोलामा दुई हजार आठ सय रूपैयाँले बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला तीन लाख १९ हजार पाँच सय रूपैयाँमा किनबेच भइरहेको छ ।
शुक्रबार सुन प्रतितोला तीन लाख १६ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य प्रतितोला एकसय २० रुपैँयाले बढेको छ । आज चाँदी तोलामा चार हजार नौ सय ७५ रूपैयाँमा किनबेच भइरहेको छ ।








