तोलामा ३२०० रूपैयाँले बढ्यो सुनको मूल्य
प्रकाशित मिति : 24 August, 2026 12:17 pm
काठमाडौँ । सोमबार छापावाल सुनको मूल्य तोलामा ३ हजार २०० रूपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका विवरण अनुसार आइतबार प्रतितोला ३ लाख १९ हजार ५०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य आज सोमबार तोलाको ३ लाख २२ हजार ७०० रूपैयाँ कायम भएको छ ।
यस्तै, चाँदीको मूल्य भने प्रतितोला १० रूपैयाँले घटेर ४ हजार ९६५ रूपैयाँमा कारोबार भइरहेको छ ।








