८ भदौ २०८३, सोमबार

नेप्से परिसूचक १९ अंकले घट्यो

प्रकाशित मिति :  24 August, 2026 3:31 pm


काठमाडौँ । साताको कारोबारको पहिलो दिन सेयरबजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार सेयर मापक सूचक नेप्से परिसूचक १९.१३ अंकले घटेर २५९९.५८ अंकमा झरेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका १३ ओटै उपसमुहको सेयरमूल्य घटेको छ ।

रिलायन्स स्पिनिङ मिल्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको १२ करोड ७२ लाख ८२ हजार रूपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन्। यस कम्पनीको सेयरमूल्य १४।९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

पञ्चकन्या माई हाइड्रोपावरका लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयरमूल्य ९।८३ प्रतिशतले घटेको छ ।

कुल ३५० कम्पनीको ८५ लाख ७२ हजार ९७० कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २३ करोड ९७ लाख ६० हजार रूपैयाँभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !