९ भदौ २०८३, मंगलबार

५ अंकले घट्यो नेप्से परिसूचक, ४ अर्ब १० करोड रूपैयाँभन्दा बढीको कारोबार

प्रकाशित मिति :  25 August, 2026 3:51 pm


काठमाडौँ । साताको कारोबारको दोस्रो दिन सेयरबजार झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार सेयर मापक सूचक नेप्से परिसूचक ५.३० अंकले घटेर २५९४.२७ अंकमा झरेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका १३ ओटा उपसमुहमध्ये २ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने ११ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।

मकर जितुमाया सुरी हाइड्रोपावरको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ९० करोड ७ लाख ९७ हजार रूपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन्। यी दुई कम्पनीको सेयरमूल्य क्रमश १४.९९ प्रतिशत र १४.९५ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

धौलागिरी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयरमूल्य १०.०७ प्रतिशतले घटेको छ ।

कुल ३५७ कम्पनीको एक करोड ४४ हजार १६४ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १० करोड ९७ लाख ५१ हजार रूपैयाँभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !