८ जेष्ठ २०८१, मंगलबार

सुनको मूल्य बढ्यो

प्रकाशित मिति :  9 July, 2020 2:09 pm


काठमाडौं, २५ असार । 

बिहीबार  सुनको मूल्य बढेर ९२ हजार ४ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको छ। सोमबार ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्‍य बिहीबार एकै पटक ९ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्‍यक्ष मोहन बहादुर विश्‍वकर्माले लुम्बिनी संचारलाई  जानकारी दिए।

उनका अनुसार अन्तराष्ट्रिय बजारमा सुनको मूल्‍यमा वृद्धि भएकाले बिहीबार एकै पटक ९ सय रुपैयाँले बढेर नयाँ रेकर्डक कायम भएको हो।यस्तै बिहीबार चाँदीको मूल्‍य पनि प्रतितोला २५ रुपैयाँले बढेर ९८० रुपैयाँमा कारवबार भइरहेको सुनचाँदी महासंघले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !