१७ बैशाख २०८१, सोमबार

अझै तीन दिन वर्षाको सम्भावना,आवश्यक सतर्कता अपनाउन हुन अनुरोध

प्रकाशित मिति :  11 July, 2020 12:18 pm


काठमाडौं, २७ असार ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अझै आगामी तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको जनाएको    छ ।

मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिकै रहेकाले सोमबारसम्म उक्त प्रणालीको असर रहने भएको हो । हाल देशभर सामान्य बदली रही सबै प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ ।

महाशाखाले दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै प्रदेश नं १, २, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको औँल्याएको छ ।

आइतबार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सोमबार देशैभर सामान्यदेखि पूर्ण बदली रही सबै प्रदेशमा हल्कादेखि मध्यम वर्षाका साथै प्रदेश १, २, वाग्मती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २१ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २७ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ ।

आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम नौ दशमलव सात डिग्री र सबैभन्दा बढी दिपायलको अधिकतम तापक्रम ३३ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

असार २७ गते (शनिबार)

दिउँसोः देशभर सामान्य देखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश र  गण्डकी प्रदेशका  थोरै स्थानहरुमा र  प्रदेश ५, सुदुरपश्चिम प्रदेश र  कर्णाली प्रदेशको एक/दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

 रातीः देशभर सामान्य देखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जन/चट्याङ्ग  सहित हल्का देखि मध्यम वर्षाको  सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २ र  गण्डकी प्रदेश का थोरै स्थानहरुमा साथै बागमती प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र  सुदुर पश्चिम प्रदेश को एक/दुई स्थानहरुमा भारी वर्षाको  सम्भावना रहेको छ ।

असार २८ गते (आइतबार)

दिउँसोः देशभर सामान्य देखि पूर्ण बदली रही धेरै जसो स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा तथा  प्रदेश २, प्रदेश ५ का एक/दुई स्थानहरुमा भारी वर्षाको  समेत सम्भावना रहेको छ ।

राती : देशभर सामान्य देखि पूर्ण बदली रही धेरै जसो स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश  र गण्डकी प्रदेशका थोरै स्थानहरुमा तथा  प्रदेश ५ का एक/दुई स्थानहरुमा भारी वर्षाको  समेत सम्भावना रहेको छ।

असार २९ गते (सोमबार)

दिउँसोः देशभर सामान्य देखि पूर्ण बदली रही धेरै जसो स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र  प्रदेश न २ का केही स्थानहरुमा तथा  वाग्मती, गण्डकी र प्रदेश ५ का एक/दुई स्थानहरुमा भारी वर्षाको  समेत सम्भावना रहेको    छ ।

राती : देशभर सामान्य देखि पूर्ण बदली रही धेरै जसो स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २ का केही स्थानहरुमा तथा  बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानहरुमा भारी वर्षाको  समेत सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):

देशका धेरैजसो स्थानहरुमा मेघगर्जन/चट्याङ्ग  सहित हल्का देखि मध्यम वर्षाको  सम्भावना र सबै प्रदेशका थोरै स्थानहरुमा भारी वर्षा (Heavy Rain) को सम्भावना  रहेको हुँदा उक्त प्रदेशका नदीहरुमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।



प्रतिक्रिया दिनुहोस !