४ बैशाख २०८१, मंगलबार

सावधान ! फेरि आउदैछन् सलहकाे ठूलाे झुण्ड: प्रवेश विन्दु जनकपुर, प्रदेश ५ र सुदूरपश्चिम

प्रकाशित मिति :  12 July, 2020 8:43 am


काठमाडाैं, २७ असार । 

काेराेना कहरकाबीच बाढी र पहिराेकाे पीडा भाेगिरहेका नेपाली किसानलाई मरुभूमि सलहकाे प्रकाेप पुनः भाेग्नु पर्ने देखिएकाे छ । यसअघि सानाे झुन्ड आएर सामान्य क्षति गराए पनि अब भने ठूलाे झुन्ड आउने प्रक्षेपन गरिएकाे छ ।

संयुक्त राष्ट्र संघ कृषि तथा खाद्य संगठन (एफएओ) समेतकाे सहकार्यमा सलह प्रकाेप सम्बन्धि पूर्व कार्य टिमले तयार पारेकाे प्रतिवेदन अनुसार सलहकाे झुन्ड एक देखि दुइ दिनमा नेपाल प्रवेश गर्ने सम्भावना छ ।

नेपालकाे धनुषा, महाेत्तरी तथा सर्लाही र आसपासका क्षेत्रमा साेमवारसम्म  र सुदुरपश्चिमकाे दक्षिण पश्चिम तथा प्रदेश ५ का दक्षिणपश्चिमका भूभागमा साेमवार वा मंगलवारसम्म सलह आइपुग्ने अनुमान छ ।

यसअघिकाे भन्दा याे पटककाे झुन्ड ठूलाे हुने समेत अनुमान गरिएकाे कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका प्रवक्ता हरि बहादुर केसीले बताए ।

सलहकाे सम्भावित बाटाेकाे बारेमा जानकारी लिन यहाँ क्लीक गर्नुहाेस् । 

 

 

 



प्रतिक्रिया दिनुहोस !