४ जेष्ठ २०८१, शुक्रबार

जुनसुकै बैंकको एटीएमबाट पैसा निकाल्दा शुल्क नलाग्ने

प्रकाशित मिति :  17 July, 2020 4:32 pm



काठमाडौं, साउन २ । 

नेपाल राष्ट्र बैंकले जुनसुकै बैंकको एटीएमबाट पैसा निकाल्दा पनि शुल्क नलाग्ने व्यवस्था गरेको छ।

आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति मार्फत कोरोनाभाइरसले सिर्जना गरेको संकट कायम रहुन्जेल जुनसुकै बैंकको एटीएम कार्डले अर्को बैंकबाट रकम निकाल्द शुल्क नलाग्ने प्रावधानको घोषणा गरेको हो।

यसअघि बन्दाबन्दी शुरु भएपछि जुनसुकै बैंकको कार्डले अर्को बैंकको एटीएमबाट पैसा निकाल्दा शुल्क नलाग्ने व्यवस्था गरिएको थियो, तर साउनको १ गतेबाट बैंकहरूले शुल्क लिन थालेका थिए ।

 



प्रतिक्रिया दिनुहोस !