१३ बैशाख २०८१, बिहिबार

मुलुकभर बाढी, पहिराे र डुबानकाे वितण्डा (हेर्नुहाेस् १० तस्बीरमा)

प्रकाशित मिति :  21 July, 2020 3:35 pm


/fddlGb/ If]q hndUg eQmk’/, ^ ;fpg M ut cfOtaf/b]lvsf] clj/n jiff{sf sf/0f xg’dGt] gbLsf] ;tx a9]/ 8’afgdf k/]sf /fddlGb/ If]q . jiff{sf] sf/0f xg’dGt] vf]nf cf;kf; If]qsf wfld{s :yn hndUg ePsf 5g . t:jL/ M /Tg >]i7÷ /f;;

मुलुकभर वर्षा सुरू भएसँगै बाढी, पहिराे र डुबानकाे समस्या बढ्द थालेकाे छ । गत जेठ ३० गते मनसुन सुरु भए यता बाढी, पहिरो, डुबान लगायतका प्राकृतिक विपत्तिको कारण साउन ६ गतेसम्म २३३ जनाको ज्यान गएको छ ।

वर्षाकै कारण ९८ जना वेपत्ता भएका छन् भने ९९ जना घाइते भएका छन् । २८२ भन्दा बढी घरहरू पूर्ण रुपले क्षतिग्रस्त भएका छन् । पछिल्लाे तीन दिन यताकाे अविरल वर्षाकाे कारण जनजीवन थप प्रभावित बनेकाे छ । फाेटाेमा हेर्नुहाेस् मंगलबार वर्षाले पारेकाे असरः 

सिद्धिस्मृति अस्पताल डुबानमाः गत आइतबारदेखिको अविरल वर्षाका कारण हनुमन्ते नदीको सतह बढेर डुबानमा परेको सिद्धिस्मृति अस्पताल । तस्वीरः रमेश गिरी/रासस
बाढीले हिलाम्य राजमार्ग: तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मार्कीचोकस्थित रोदीखोलामा आएको बाढीका कारण हिलाम्य भएको राजमार्ग । पहिरोका कारण पृथ्वीराजमार्गको विभिन्न खण्ड बिहानैदेखि अवरुद्ध भएको छ । तस्वीर: कृष्ण न्यौपाने/रासस
पहिरोले क्षति भएको घर: आइतबारदेखि परेको निरन्तर वर्षापछि खसेको पहिरोले मङ्गलबार तनहुँको बन्दीपुर गाउँपालिका–१ नाहालामा क्षति पुगेको घर । पहिरोले स्थानीय सुरेश अधिकारी र अर्जुन अधिकारीको घर पूर्णरुपमा क्षति भएको छ । तस्वीर: कृष्ण न्यौपाने/रासस
नारायणगढ–मुग्लिन सडकको पहिरो हटाइँदै: लगातारको झरीले नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चार किलोमा गएको पहिरो डोजरले हटाइँदै । तस्वीरः कृष्ण आचार्य/रासस
छाब्दी मार्ग अवरुद्ध: तनहुँको प्रसिद्ध धार्मिकस्थल छाब्दी बाराही मन्दिर जाने व्यासनगरपालिका–१ खकौलीमा भासिएर अवरुद्ध सडक । तस्बिरः सानेबहादुर नेपाली/रासस
जीवनका लागि उर्लदो भेलमा श्रम: कञ्चनपुरको महाकाली नदीमा उर्लदो भेलमा जोखिम मोलेर दाउरा सङ्कलन गर्दै तटीय क्षेत्रका स्थानीयवासी । तस्वीरः शेरबहादुर सिंह/रासस
राममन्दिर क्षेत्र जलमग्न: गत आइतबारदेखिको अविरल वर्षाका कारण हनुमन्ते नदीको सतह बढेर डुबानमा परेका राममन्दिर क्षेत्र । वर्षाको कारण हनुमन्ते खोला आसपास क्षेत्रका धार्मिक स्थल जलमग्न भएका छन् । तस्वीर: रत्न श्रेष्ठ/रासस
जलमग्न: गत आइतबारदेखिको अविरल वर्षाका कारण हनुमन्ते नदीको सतह बढेर डुबानमा परेका राममन्दिर आसपास क्षेत्रका स्थल जलमग्न । तस्वीर: रत्न श्रेष्ठ/रासस

 

जीवनका लागि उर्लदो भेलमा श्रम: कञ्चनपुरको महाकाली नदीमा उर्लदो भेलमा जोखिम मोलेर दाउरा सङ्कलन गर्दै तटीय क्षेत्रका बालबालिका । तस्वीरः शेरबहादुर सिंह/रासस
जलमग्न धार्मिक स्थल: गत आइतबारदेखिको अविरल वर्षाका कारण भक्तपुर नगरपालिका– ४ स्थित हनुमन्ते नदीको सतह बढेर डुबानमा परेका राममन्दिर आसपास क्षेत्रका धार्मिक स्थल जलमग्न । तस्वीर: रत्न श्रेष्ठ/रासस



प्रतिक्रिया दिनुहोस !