२४ बैशाख २०८१, सोमबार

यातायात व्यवसायीहरुद्धारा साउन ८ गतेदेखि यातायात सञ्चालन गर्ने घोषणा

प्रकाशित मिति :  21 July, 2020 4:00 pm


काठमाडौं, साउन ६ । 

यातायात व्यवसायीहरुले साउन ८ गतेदेखि यातायात सञ्चालन गर्ने घोषणा गरेका छन् । आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर व्यवसायीहरुले स्थानीय, छोटो, मध्यम र लामो गरी चारै रुटमा यातायात सञ्चालन गर्ने निर्णय गरेका हुन् ।

यात व्यवसायी राष्ट्रिय महासंघ र यातायात मजदुरका तीनवटा ट्रेड युनियनले संयुक्त पत्रकार सम्मेलन गरी साउन ८ अर्थात बिहीबारदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने घोषणा गरेका हुन्।

आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर साउन ८ गते अर्थात् बिहीबारदेखि छोटो तथा लामो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्ने घोषणा गरेका छन्।

सरकारले स्वास्थ्य सुरक्षा अपनाएर छोटो दुरीका सवारी साधनमात्र चलाउने निर्णय गरे पनि यातायात व्यवसायीले लामो दूरीका सवारी साधन पनि चलाउन सकिने जानकारी गराएका हुन् ।

यातायात व्यवसायी र सरकारबीच हिजो काठमाडौं उपत्यका लगायत सबै स्थानमा यातायात सेवा सञ्चालन गर्ने सहमति भएको थियो। यद्यपि सरकारले अहिलेसम्म लामो दूरीमा बारे कुनै निर्णय गरिसकेको छैन।

सरकारले असार २६ गतेदेखि नै काठमाडौं उपत्यकाभित्र र अन्य ठाउँमा सम्बन्धित जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गर्दै ५० प्रतिशत भाडा बढाएका थियो ।

तर, व्यवसायीले विभिन्‍न माग राख्दै यातायात सञ्चालन गर्न आनाकानी गरेपछि हिजो सहमति भएको थियो । पत्रकार सम्मेलनमा महासंघले आफू आवद्ध सबै यातायात कम्पनी, प्रालि, व्यवसायी तथा स्वरोजगार मजदुरलाई यातायात सञ्चालन गर्न आग्ह गरेको छ ।



प्रतिक्रिया दिनुहोस !