८ बैशाख २०८१, शनिबार

ओपो ए ५२ नेपालमा सार्वजनिक; यस्ता छन् चार क्यामरासहितकाे फाेनकाे मूल्य र अन्य विशेषता

प्रकाशित मिति :  27 July, 2020 10:35 am


काठमाडाैं, १२ साउन । 

चिनियाँ स्मार्टफाेन ब्राण्ड ओपोकाे  नयाँ स्मार्टफोन ओपो ए ५२ नेपाल भित्रिएकाे छ । लकडाउनपछि ग्याजेटकाे उच्च माग बढिरहँदा कम्पनीले नेपाला नयाँँ स्मार्टफाेन सार्वजनिक गरेकाे हाे ।

ट्वाइलाइट ब्ल्याक र स्ट्रिम ह्वाइट गरी यो फोन दूई रंगमा उपलब्ध ओपो ए ५२ काे उपभाेक्ता मूल्य २९ हजार ९९० निर्धारण गरिएकाे याे फाेनकाे चार वटा रियर क्यामरा रहेका छन् । मोटाइ ८.९एमएम र वजन जम्मा १९२ ग्राम, क्वालकम स्न्यापड्रागन ६६५, साइड माउन्टेड फिंगरप्रिन्ट सेन्सरसहितकाे याे फाेनकाे थप विशेषता यस्ता छन्ः

डिस्प्ले

ओपो ए५२ मा १०८०×२४०० एफएचडी+ रेजोल्यूशन सहितको ६.५ ईञ्च नियो डिस्प्ले (ब्लाइन्ड होल स्क्रिन) रहेकाे छ । स्क्रिनको पिक्सेल डेन्सिटी ४०५ पीपीआई र स्क्रिन टू बडी रेसियो ९०.५% छ । फोनको डिस्प्लेमा ईन(सेल टेक्नोलोजी (सनलाइट स्क्रिन), ब्ल्यू शिल्ड (टीयूभी राइनल्याण्ड प्रमाणित) समेत रहेकाे छ ।

क्यामेराः

ओपो ए५२मा रियर क्यामरा चार वट छन् भने क्वाड रियरक्यामेरा सेटअप रहेकाे छ । मुख्य क्यामेरा एफ१.७ एपर्चर सहितको १२ मेगापिक्सेलकाे छ भने  सेकेन्डरी रियर क्यामेरा एफ २.२ सहितको ८ मेगापिक्सेल (वाइड) रहेको छ । एफ२.४ एपर्चर सहितको २ मेगापिक्सेलकाे छ भने अर्काे क्मयारा पनि २ मेगापिक्सेलकाे छ । रियर क्यामराकासाथ डिउ एलइडी फ्ल्यास र अटाेफाेकस सुविधा छन । सेल्फी क्यामरा एफ२.० एपर्चर सहितको १६ मेगापिक्सेलकाे छ ।

हार्डवेयर तथा सफ्टवेयर

ओपो ए५२ मा ओक्टाकोर (४×२.० जीएचजेड कायरो २५० गोल्ड + ४×१ं.८ जीएचजेड कायरो २६० सिल्भर) क्वालकम स्न्यापड्रागन ६६५ चिपसेट जडित छ । फोनमा ४जीबी र्याम र १२८जीबी आन्तरिक स्टाेरेज छ भने स्टाेरेज २५६जीबी सम्म बढाउन बढाउन सकिने सुविधा छ । १८वाट फास्ट चार्जिङ प्रविधि सहितको ५ हजार एमएएच क्षमताको ब्याट्री यसमा छ । कलरओएस ७.१ (एण्ड्रोइड १०) द्वारा सञ्चारित हुने यसमा प्रयोगकर्ताले आफ्नो आवश्यकता अनुसार एसएसडी मार्फत स्टाेरेज बढाइ फोनमा साइड माउन्टेड फिंगरप्रिन्ट सेन्सरको प्रयोग गर्न मिल्ने सुविधा पनि छ ।

 



प्रतिक्रिया दिनुहोस !