६ बैशाख २०८१, बिहिबार

अगष्ट ५ देखि सामसुङका ५ नयाँ उत्पादन बजारमा, ग्यालेक्सी नाेट २० काे सुरूवाती मूल्य ९९९ युराे

प्रकाशित मिति :  28 July, 2020 1:19 pm


काठमाडाैं, १३ साउन । 

सामसुङले आउदाे अगष्ट ५ मा पाँच नयाँ उत्पादन सार्वजनिक गर्ने भएकाे छ । ग्यालेक्स अन्प्याक्ड कार्यक्रममा ग्यालेक्सी नाेट २० सिरिजसमेत हुनेछ, जसकाे सुरूवाती मूल्य ९९९ युराे (करिव एक लाख ४० हजार) पर्ने भएकाे छ ।

चर्चित टिप्स्टर इशान अग्रवालका अनुसार ग्लाेक्सी नाेट २० काे २५६ जीबी फाेर जी भर्सनकाे ९९९ युराे पर्नेछ  भने यसैकाे फाइभजी भर्सनकाे मूल्य १ हजार ९९ युराे पर्नेछ ।

नाेट सिरिजकै नाेट २० अल्ट्रा ५ जी ५१२ जीवी भर्सनलाइ १ हजार ४४९ युराे र यसकै २५६ जीवी भर्सनकाे १ हजार ३४९ डलर पर्नेछ । यसका साथै १८९ युराे मूल्य पर्ने सामसुङ ग्यालेक्स वर्ड लाइभसमेत कार्क्रमकाबीच सार्वजनिक हुनेछ ।

युराेपियन बजारका लागि मूल्य र खरिद गर्न पाइने दिन सार्वजनिक भएकाे छ भने भारत र नेपालमा भने यसकाे मूल्य सार्वजनिक गरिएकाे छैन । भारतीय बजारमा २० अगष्टदेखि उपलब्ध गराउने भनिइने भए पनि मूल्य भने निश्चित छैन ।

भारतीय बजारमा मूल्य निर्धारण भएपछि नेपालमा पनि मूल्य ताेकिने छ । मुलुकहरूकाे करका दरहरूका कारण मूल्य भने देश अनुसार फरक फरक पर्दछ । कम्पनीकाे पछिल्लाे उत्पादन ग्लाक्सी एस १० प्ल्सकाे मूल्य नेपालमा १ लाख ३० हजार रहेकाे छ  ।

विश्वमै सबैभन्दा धेरै स्मार्टफाेन विक्री गर्ने सामसुङका ग्लाेक्सी एस र ग्यालेक्स नाेट सिरिज महंगा मूल्यका फ्ल्याशीप फाेन हुन् । सासमुङले उपभाेक्ताकाे रूची अनुसारका दर्जनाैं स्मार्टफाेन माेडेलहरू विश्वबजारमा ल्याइरहेकाे छ ।



प्रतिक्रिया दिनुहोस !