७ बैशाख २०८१, शुक्रबार

चीनमा फैलदै ‘नाेभेल बुन्या भाइरस’ काे संक्रमण; ६० जनामा संक्रमण, ७ काे मृत्यु

प्रकाशित मिति :  7 August, 2020 2:24 pm


काठमाडाैं, २३ साउन । 

चीनमा  नयाँ भाइरसकाे संक्रमण फैलन थालेकाे छ । नाेभेल बुन्या भाइरसकाे हालसम्म ६० जनामा संक्रमण पुष्टी भएकाे छ भने ७ जनाकाे मृत्यु भइसकेकाे चीनिया संचारमाध्यमले जनाएका छन् ।

भाइसर माकुराे जस्ताे किराकाे टाेकाइ बाट फैलिएकाे बताइएकाे छ । मान्छेबाट मान्छेमा सर्ने काेराेना भाइरस जस्तै प्रकृतिकाे याे भाइरस चिनकाे जिअांगसु प्रान्त र अनहुइ प्रान्तमा देखिएकाे हाे ।

चीनले भने एसएफटीएस नामले चिनिने याे भाइरस नयाँ नभएकाे बताएकाे छ । सन् २०११ मा बुन्या भाइरस समूहकाे एसएफटीएस भाइरसकाे पहिचान गरेका थिए। यसलाइ बुझ्नका लागि बुन्याभाइरस भने पनि नयाँ भाइरस भने नभएकाे चीनकाे भनाइ छ ।

माकुराे जस्ताे टिक किराकाे टाेकाइबाट मान्छेमा सर्ने याे भाइरस संक्रमित मान्छेकाे रगत र पसिनाकाे माध्यमबाट अर्काे मान्छेमा सर्न सक्ने वैज्ञानिकले जनाएका छन् ।

ज्वराे आउनु, प्लेटलेट्स तथा ल्यूकाेसाइटसकाे कमी हुँदै जानु यसकाे मुख्य लक्षण हाे । भाइरस लागेपछि मृत्युकाे खतरा १२ प्रतिशतसम्म रहेकाे जनाइएकाे छ ।

जंगलमा पाइने कामुरा जस्ताे किटानु पाइने जंगलतिर नजानु नै यसबाट बच्ने पहिलाे उपाय रहेकाे चिनका स्वास्थ्यकर्मीले जनाएका छन् ।

एजेन्सीकाे सहयाेगमा



प्रतिक्रिया दिनुहोस !