२३ बैशाख २०८१, आइतबार

ह्वातै घट्यो सुनको मूल्य

प्रकाशित मिति :  12 August, 2020 12:12 pm


काठमाडौं, २८ साउन ।

केही महिनायता उकालो लागेको सुनको मूल्य बुधबार एकैदिनमा ६ हजार २ सय रुपैयाँले घटेको छ।

मंगलबार १ लाख १ हजार ६ सयमा कारोबार भएको सुन बुधबार ६ हजार दुई सयले घटेर ९५ हजार ४ सयमा कायम भएकाे छ ।यसअघिसुनको मूल्य बढेर १ लाख ३ हजार ५०० पुगेको थियो।

आज चाँदीको मूल्य पनि घटेर १२ सय १० रुपैयाँमा पुगेको छ। अघिल्लो दिन १४ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी एकैदिन २ सय २५ रुपैयाँले घटेको सुनचाँदी व्यवसायी महासघंले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !