१६ बैशाख २०८१, आइतबार

कृषि विकास बैंकको विज्ञापन समाजिक सञ्जालमा बन्यो ‘हाँसो मजाक’को विषय (भिडियोसहित)

प्रकाशित मिति :  16 August, 2020 11:01 am


काठमाडौं, ३२ साउन ।

कृषि विकास बैंकको विज्ञापन शैली समाजिक सञ्जालमा मजाकको विषय बनेको छ । व्यवसायीक सन्देश दिन बनाईएको बैंकको विज्ञापन नै हाँसो मजाकको विषय बनेको हो ।

कृषि क्षेत्रको नेतृत्व गर्ने जिम्मा पाएको विज्ञापनको शैलीलाई लिएर सामाजिक उडाउन थालिएको छ ।  विज्ञान पोष्ट गर्दै पत्रकार पृष्ठभूमिका मोहन गजुरेलले लेखे, “कृषि विकास बैंकको यो विज्ञापन हेरेपछी सोध्न मन लाग्यो कहाँ छ कृषि ? कहाँ छ विकास ? कि कृषिमा आधुनिकिकरण भनेको यही हो ? यसमा कहाँनीर छन् किसान रु कसरी सम्बोधन गरिएको छ कृषकलाई ? कि मैले नबुझेको हो ?”

त्यसैमा राम प्रलय लावतीले कमेन्ट गरे, “बन्चरोले भुइघास काटेको जस्तै लाग्यो मलाइ चाहिँ ।”

मिनार जङग कार्कीले भने,” कृषि विकास बैंक गैर कृषि व्यबसायको पनि बैंक हो तथापि यो विज्ञापनले गैर कृषि व्यापार व्यबसायलाई पनि आकर्षण भने गर्दैन यो चैं सही हो।”

नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव उदय जीएमले विज्ञापन शेयर गर्दै लेखे,”कृषि विकास बैङ्कको यो विज्ञापनले  बेसरी हँसायो । तपाईहरु नि हाँस्नुस !”

मजाक बनेको विज्ञापन यस्तो छः



प्रतिक्रिया दिनुहोस !