१६ बैशाख २०८१, आइतबार

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमित २ जनाको मृत्यु

प्रकाशित मिति :  18 August, 2020 11:48 am


काठमाडौं, २ भदौ ।

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमित २ जनाको मृत्यु भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रष्ठिानमा उपचार गराईरहेका पोखरा उप-महानगरपालिका १६ का ८७ वर्षीय पुरुषको मृत्यु भएको हो ।  उच्च रक्तचाप, मधुमेह र किड्नी रोगका लागि उपचार भएका पुरुषमा कोरोना संक्रमणको पनि पुष्टि भएको थियो ।

साउन ३२ गते प्रष्ठिानमा भर्ना भएका ति व्यक्तिको कोडिड-१९ उपचार केन्द्रमा उपचार भईरहेको र आज विहान १० बजेर ४० मिनेटमा निधन भएको प्रष्ठिानले जनाएको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमित ७ जनाको मृत्यु भएको छ । गएराति मात्रै पोखरामा उपचार गराईरहेकी तनहुँकी कोरोना संक्रमित एक महिलाको मृत्यु भएको थियो ।

पोखरा महानगरपालिकामा रहेको कास्की सेवा अस्पतालमा हेपाटाईटिस, निमोनिया, सुगर, प्रेसर, मुटुको समस्या लगायतको समस्या सहित उपचारका लागि भर्ना भएकी तनहुँको ब्यास नगरपालिका १, कि ५० वर्षीय महिलाको सोमबार राती ११ बजेर ३५ मिनेटमा निधन भएको हो ।



प्रतिक्रिया दिनुहोस !