१६ बैशाख २०८१, आइतबार

पोखरामा उपचार उपचाररत तनहुँकी कोरोना संक्रमित महिलाको मृत्यु

प्रकाशित मिति :  18 August, 2020 11:11 am


काठमाडौं, २ भदौ ।

पोखरामा उपचार गराईरहेकी तनहुँकी कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ ।

पोखरा महानगरपालिकामा रहेको कास्की सेवा अस्पतालमा हेपाटाईटिस, निमोनिया, सुगर, प्रेसर, मुटुको समस्या लगायतको समस्या सहित उपचारका लागि भर्ना भएकी तनहुँको ब्यास नगरपालिका १, कि ५० वर्षीय महिलाको सोमबार राती ११ बजेर ३५ मिनेटमा निधन भएको हो ।

हिजो बिहान लिईएको उनको स्बाव परीक्षणको नतिजा पोजेटिभ आएको गण्डकी प्रदेश, जनस्वास्थ्य प्रयोगशालाका निमित्त निर्देशक सपना सुबेदीले जानकारी गराएकी छन् । यससँगै गण्डकीमा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

सम्बन्धित समाचार

बाँकेमा कोरोना संक्रमित एक जनाको मृत्यु



प्रतिक्रिया दिनुहोस !