३० बैशाख २०८१, आइतबार

गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना संक्रमणको पुष्टि

प्रकाशित मिति :  19 August, 2020 9:24 am


काठमाडौं, ३ भदौ । 

गण्डकी प्रदेशमा नयाँ १४ जना कोरोना संक्रमित भेटिएका छन् ।

तनहुँ र नवलपरासी पूर्वमा नयाँ संक्रमित भेटिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

तनहुँको सुक्लागण्डकी र व्यासमा १-१ जना संक्रमित भेटिएका छन् भने नवलपरासी पूर्वको देवचुलीमा १, गैंडाकोटमा २, हुप्सेकोटमा ३ र कावासोतीमा ६ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।

यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १७८९ पुगेको छ । नयाँ संक्रमितलाई सम्बन्धित जिल्लाका आइसोलेशनमा लैजाने तयारी भएको निर्देशनालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !