८ जेष्ठ २०८१, मंगलबार

काेराेना भाइरस विरूद्धकाे खाेपकाे माग बढ्दाे, भारतसँग सहकार्य गर्ने रूसकाे प्रस्ताव

प्रकाशित मिति :  21 August, 2020 5:10 pm


काठमाडाैं, ६ भदाै । 

रूसल सार्वजनिक गरेकाे काेराेना भाइरस (काेभिड १९) विरूद्धकाे खाेपकाे माग बढ्न थालेकाे छ । बढ्दाे माग पुरा गर्न भारतसँग सहकार्यमा ठूलाे मात्रामा खाेपकाे उत्पादन गर्न रूसले प्रस्ताव गरेकाे छ ।

रशियन डाइरेक्ट इंवेस्टमेंट फंड (आरडीआईएफ) के सीईओ किरिल मित्रेवले एक अनलाइन प्रेस ब्रिफिङमा विश्वमै धेरै खाेप उत्पादन क्षमता भएकाे मुलुक भएकाले भारतसँग सहकार्य गर्न सकिने बताएका हुन् । हालै मात्र रूसले काेराेना विरूद्धकाे पहिलाे खाेप ‘स्पुतनिक वी’ सार्वजनिक गरि उत्पादन सुरू गरेकाे हाे ।

रूसले विश्वबाट आइरहेकाे माग धान्न आफूले मात्र नसक्ने भएकाले भारत, ब्राजील, दक्षिण कोरिया  क्युबा लगायतका मुलुकसँग धेरै उत्पादन क्षमता भएकाले सहकार्य गरेर अगाडि बढ्ने याेजना रहेकाे बताएकाे हाे । अनाैपचारिक रूपमा यि मुलुकसँग सहकार्य गर्ने चाहना व्यक्त गरे पनि औपचारिक रूपमा भने पहल भइसकेकाे छैन ।

मित्रेवले हालसम्म कम्तिमा १० मुलुकबाट १० लाख भन्दा बढी डाेजकाे माग आएकाे बताएका छन् । ‘हामीलाइ एशिया, दक्षीण अमेरिका, इटली  लगाएतका मुलुकबाट माग आइरहेकाे छ, हामी रूसमा मात्र नभइ युएइ, साउदी अरब, ब्राजिल र भारतमा पनि ट्रायल गर्दैछाैं।’



प्रतिक्रिया दिनुहोस !