८ बैशाख २०८१, शनिबार

सामसुङकाे ग्यालेक्सी नाेट २० सीरिज सार्वजनिक, तत्काल ७० मुलुकमा उपलब्ध हुने

प्रकाशित मिति :  22 August, 2020 5:07 pm


काठमाडाैं, ६ भाद्र ।

काेरियन टेक कम्पनी सामसुङले ग्यालेक्सी नाेट २० सीरिजका स्मार्टफाेन सार्वजनिक गरेकाे छ । सार्वजनिक गरिएसँगै कम्पनीले सुक्रबार रातीदेखि दक्षिण काेरिया, अमेरिका, बेलायत, थाइल्यान्ड लगाएत विश्वभरका ७० मुलुकका लागि विक्री खुला गरेकाे छ ।

कम्पनीले काेराेना भाइरसले विश्वभर लकडाउन चलेकै अवधिमा नाेट सीरिजमा ग्यालेक्सी नाेट २० र नाेट २० अल्ट्रा सार्वजनिक गरेकाे हाे । सेम्टेम्बरकाे मध्यसम्म १३० मुलुकमा उत्पादन पुर्याउने याेजना रहेकाे कम्पनीले जनाएकाे छ ।

विश्वभर संक्रमणकाे अवस्था हेरेर नयाँ उत्पादन पुर्याउँदै जाने याेजना रहेकाे कम्पनीले जनाएकाे छ । दक्षिण काेरियामा मात्र नाेट २० सीरिजकाे विक्री ८० लाख थान पुग्ने याेजना रहकेाे छ । विश्वभरसँग छिमेकी मुलुक भारतमा पनि फाेनकाे प्रिबुकिङ खुला गरिएकाे छ ।

भारतमा उपलब्ध हुने नाेट २० फाेन ८ जीबी र्याम र २५६ जीबी स्टाेरेजकाे साथमा ६.७ इन्चकाे स्क्रीनकाे हुनेछ । भारू ९९ हजार ९९९ रूपैयामा उपलब्ध हुने भारतीय संचारमाध्यमले जनाएका छन् ।

दाेस्राे स्मार्टफाेन नाेट २० अल्ट्रा ६.९ इन्चकाे हुनेछ । १२ जीबी र्याम र २५६ जीबी स्टाेरेज रहेकाे याे फेानकाे मूल्य भाी १ लाख ४ हजार ९९९ ताेकिएकाे छ । भारतमा प्रिबुिकङका लागि विभिन्न स्किमहरू सार्वजनिक गरिएकाे छ ।

सामान्यतया भारतमा सार्वजनिक भएका स्मार्टफाेन नेपालमा अनाैपचारिक रूपमा ल्याएर चलाउने गरेकाे पाइन्छ । व्यवसायीहरूका अनुसार नेपालमा पनि छिट्टै उपलब्ध हुने भएकाे छ ।



प्रतिक्रिया दिनुहोस !