१३ बैशाख २०८१, बिहिबार

ओपो फाइन्ड एक्सटूले जित्यो इआईएस एड्भान्स्ड अवार्ड

प्रकाशित मिति :  23 August, 2020 1:56 pm


काठमाडाैं, ७ भाद्र । 

चीनिया स्मार्टफोन कम्पनी ओपोका फाइन्ड एक्स टू प्रोले यूरोपियन ईमेज एण्ड साउन्ड एसोसिएशन (ईआईएसए) ‘ईआईएसए एडभान्स्ड स्मार्टफोन २०२०(२०२१’ अवार्ड पाएको छ ।

ईआईएसएले विगत ४० बर्षदेखि ईआईएसए अवार्डले कञ्जुमर टेक्नोलोजी खरिदका लागि उपभोक्तालाई विशिष्ट स्वतन्त्र सिफारिस प्रदान गर्दै आइरहेको छ ।

‘ओपोको अत्याधुनिक प्रविधिहरु सुसज्जित फाइन्ड एक्सटू प्रोमा अत्याकर्षक डिजाइनको प्रयोग गरिएको छ, टाक्टाइल भेगन लेदर फिनिस सहितको डिजाइन अझ विशेष छ,’ इआईएसएले आफ्नो घोषणमा भनेको छ, ‘वर्षको अवार्ड यसले प्रयोगकर्तालाई तिनका दैनिकीमा विशिष्ट अनुभव प्रदान गर्छ, प्रिमियम प्रतिस्पर्धा भन्दा धेरै माथि यो ओपोको हालसम्म कै सर्वोत्कृष्ट स्मार्टफोन हो ।’

विश्वका २९ देशका फोटोग्राफी, होम थिएटर भिडियो, होम थिएटर अडियो, हाईफाई, ईन(कार र मोबाइल ईलेक्टोनिक्स म्यागेजिन र वेभसाइटको प्रतिनिधित्व गर्ने ६१ जना विशेषज्ञको टोलीले ईआईएसए अवार्डका लागि विजेताको छनोट गरेका हुन्।

ईआईएसएद्वारा पहिलो पटक ओपो फाइन्ड एक्सटू प्रोका लागि यो एवार्ड पाएकोमा खुशी व्यक्त गर्दै ओपो वेस्टर्न यूरोपका अध्यक्ष म्यागी छ्यूले प्रयोगकर्तालाई समग्र फाइभजी अनुभव प्रदान गर्ने लक्ष्यका साथ हामी आफ्ना उत्पादनमा स्क्रिन, फोटोग्राफी, चार्जिङ, ब्याट्री लाइफ र डिजाइन लगायतमा नयाँ नयाँ फिचरहरु ल्याने प्रतिवद्धता व्यक्त गरेका छन् ।

‘स्पष्ट, सहज र ब्यवसायिक ओपो फाइन्ड एक्सटू सिरिजले स्मार्टफोन उद्योगकै क्षेत्रमा नयाँ मानक प्रस्तुत गरेको छ, यसले मोबाइल अन्तरक्रिया, डिस्प्ले अनुभव लगायतलाई फाइभजी यूगका लागि नयाँ प्रस्तुति पस्केको छ’, छ्यूले भने ।

ओपो फाइन्ड एक्सटू प्रोमा १२० एचजेड रिफ्रेस रेट सहितको क्यूएचडी+ एमोलेड स्क्रिन छ । अल्ट्रा भिजन क्यामेरा प्रणाली, फ्ल्यागशिप क्वालकम(आर) स्न्यापड्रागन(टीएम) ९६५ मोबाइल प्ल्याटफर्म र क्वालकम(आर) स्न्यापड्रागन(टीएम) एक्स ५५ फाइभजी मोडेम(आरएफ प्रणाली, ६५ वाट सुपरभोक २.० फ्ल्याश चार्ज लगाएत यसका विशेषता हुन् ।



प्रतिक्रिया दिनुहोस !