२१ बैशाख २०८१, शुक्रबार

कोरोना नियन्त्रणमा सरकारको काम अनुगमन गर्न सांसद श्रेष्ठको संयोजकत्वमा संसदीय उपसमिति गठन

प्रकाशित मिति :  25 August, 2020 8:29 pm


काठमाडौं, ९ भदौ ।

संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिले कोरोना उपचार, रोकथाम तथा नियन्त्रण गर्न संघ, प्रदेश र स्थानीय सरकारले गरेका कामको अनुगमन गर्न उपसमिति गठन गरेको छ ।

आज बसेको समिति बैठकले तीनै तहका सरकारले गरेका कामको अनुगमन गर्न समिति सदस्य जीवनराम श्रेष्ठको संयोजकत्वमा ७ सदस्यीय उपसमिति गठन गरेको हो ।

सभापति जयपुरी घर्तीको स्वास्थ्य समस्याको कारण लामो समयपछि आज बसेको भर्चुअल बैठकले स्वास्थ्य मन्त्रालयका अधिकारीसँग छलफल गर्दै थप प्रभकारिताका लागि अनुगमन समिति गठन गरिएको हो ।

श्रेष्ठ संयोजकत्वको उपसमितिमा हित बहादुर तामाङ, शन्त थारु,सरिता न्यौपाने,नमिता चौधरी,एकवाल मिया,अन्जना बिशंखे सदस्य रहेका छन् ।

बैठकले कोरोना भाइरस नेपालमा बढदै गई रहेको अवस्थामा सम्भावित खतरा, उपचार ,रोकथाम र नियन्त्रण गर्नको लागि छलफल गरि सरकारलाई सुझाव र निर्देशनहरु दिएको छ ।

श्रेष्ठ संयोजकत्वको उपसमितिले कोभिड १९ को उपचार, रोकथाम तथा नियन्त्रण कार्यमा संघ, प्रदेश र स्थानीयका सरकारले गरेका काम कार्यहरु के कति प्रभावकारी भयो भनी अनुगमन तथा निरीक्षण गरि सरकारलाई सुझाव दिने समिति सभापति घर्तीले जानकारी दिईन् ।



प्रतिक्रिया दिनुहोस !