२९ बैशाख २०८१, शनिबार

देशभर थप ८८५ जनामा कोरोना संक्रमणको पुष्टि,११ जनाको मृत्यु

प्रकाशित मिति :  26 August, 2020 4:32 pm


काठमाडौं, १० भदौं ।  

देशभर थप ८८५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।  ११ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा १३२५४ जनामा गरिएको परीक्षणमा ८८५ जनामा संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रायलका प्रवक्ता जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनले जानकारी दिए ।

कोरोना संक्रमितमा महोत्तरीमा ३, कैलालीमा २,,मोरङ १, बाँके १, काठमाडौं १, भक्तपुर १, बारामा २ जनाको मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए । मृतकमा ९ पुरुष र २ महिला रहेका छन् । संक्रमित मध्य १७५ जनाको मृत्यु भएको छ । १५१ जनाको आइसीयु र १४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको प्रवक्ता गौतमले जानकारी दिए ।

सबैभन्दा धेरै संक्रमित काठमाडौं जिल्लामा २३० भेटिएका छन् भने काठमाडौं उपत्यका बाहिर सर्लाहीमा १२० जना संक्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा निको भएर ३८५ जना घर फर्किएका छन् ।

उपत्यकामा थपिए ३०१ जना संक्रमित, २ जनाकाे मृत्यु



प्रतिक्रिया दिनुहोस !