१३ बैशाख २०८१, बिहिबार

जापानले गर्याे उड्ने कारकाे सफल परिक्षण, ३० मिनेटसम्म हावामा सुरक्षित उडान गर्न सकिने

प्रकाशित मिति :  29 August, 2020 4:19 pm


काठमाडाैं, १३ भाद्र । 

जापानमा उड्ने कारकाे सफल परिक्षण भएकाे छ  । जापानी कम्पनी स्काइ ड्राइभ इकले करिव चार मिनेटसम्म, जिमनदेखि २ मिटर माथि उडाएर परिक्षण सम्पन्न गरेकाे हाे ।

कम्पनीले यस विषयमा जानकारी दिन आयाेजना गरेकाे पत्रकार सम्मेलनमा कारका उत्पादन प्रमुख ताेमाेहिराे फुकुजावाले २०२३ सम्ममा अन्तिम उत्पादन दिने गरि काम भइरहेकाे बताए ।

उड्ने कार बनाउने प्राेजेक्टमा कम्पनीले सन् २०१२ देखि काम गरिरेकाे छ । कार निर्माता कम्पनी टाेयाेटा, इलेक्ट्रिक कम्पनी पानासाेनिक र गेमिङ कम्पनी बन्दाइ नामकाेले लगानी गरेका छन् ।

सुरक्षित उडानकाे लागि कम्पनीले पटक पटक परिक्षण गरिरहेकाे छ । ३० मिनेटसम्म सुरक्षित उडान गर्न सक्ने गि प्राेजेक्ट अघि बढिरेकाे कम्पनीले जनाएकाे छ ।

विश्वभर उड्ने कारकाे प्राेजेक्टका करिव १ सय कम्पनीले काम गरिरहेका छन् । यद्यपी उपभाेक्ताकाे हातमा यस्ताेक कार आइपुग्न भने समय लाग्नेछ ।



प्रतिक्रिया दिनुहोस !