६ बैशाख २०८१, बिहिबार

अब टेलिभिजन स्क्रीनबाटै भिडियाे कल गर्न मिल्ने, गुगल एन्ड्राेइड टिभीमा डुओ र मीट फिचर राखिंदै

प्रकाशित मिति :  31 August, 2020 1:51 pm


काठमाडाैं, १५ भाद्र । 

स्मार्ट टिभीमा छिटै नै भिडियाे कलिङ फिचर थपिने भएकाे छ । गुगलले एन्ड्राेइड टिभीमा गुगल डुओबाट कल गर्न मिल्ने फिचर थपिएसँग सिधै टिभीबाटै फाेन गर्न सकिने छ ।

गुगलले छिटै नै याे फिचर उपलब्ध हुने आफ्नाे पछिल्लाे ब्लगमा जनाएकाे छ । यसका घरमा भएकाे टेलिभिजनमा क्यामरा छैन भने युएसबी केवलमार्फत् क्यामरा जाेड्नु पर्ने हुन्छ ।

काराेना महामारीकाे समयमा व्यवसायीक कल गर्नका लागि जारी गरेकाे गुगल मिट पनि लाेकप्रिय बनेकाे छ । व्यक्तिगत कल गर्न बनाइएकाे गुगल डुओबाट पनि धेरै जनासँग सामूहिक कल गर्न मिल्ने र यसका लागि घरमा रहेकाे एन्ड्राेइड टेलिभिजनकाे प्रयाेग गर्ने सुविधा थप्न लागेकाे गुगलले जनाएकाे छ ।

यसअघि गुगलले क्राेमकास्टमा गुगल मिटकाे फिचर थपिसकेकाे छ भने दुबै एप डुओ र गुगल मिटसमेत मर्ज गरेर एउटै बनाउने याेजनामा गुगल छ। यसाे गरिएमा ठूला स्क्रीनहरू व्यवसायीक मिटिङका लागि मात्र नभइ व्यक्तिगत प्रयाेगका लागि पनि प्रयाेग गर्न सकिनेछ ।



प्रतिक्रिया दिनुहोस !