६ जेष्ठ २०८१, आइतबार

गण्डकी प्रदेशमा थप ३५ जनामा कोरोना संक्रमण

प्रकाशित मिति :  2 September, 2020 1:56 pm


काठमाण्डौं,१७ भदौ ।

गण्डकी प्रदेशमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखराको क्षयरोग उपचार केन्द्र, चितवनको भरतपुर अस्पताल र काठमाडौं स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणबाट थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार संक्रमित हुनेहरुमा तनहुँका १ जना, लमजुङका ४ जना,नवलपरासीका ७ जना र कास्कीमा २३ जना रहेका छन् । संक्रमित मध्ये पोखरा पार्कल्याण्ड अस्पतालमा कार्यरत नर्स, नेपाल प्रहरीमा कार्यरत प्रहरी जवाना र ओमनबाट आएका प’रुष र किराना पसल संचालक रहेका छन् ।

यी सबै जना कन्ट्याक टे«सिङमार्फत सम्र्पकमा आएका र सबैजनालाई आइसोलेशन केन्द्रमा लैजाने तयारी भएको निर्देशनालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !