६ जेष्ठ २०८१, आइतबार

गण्डकी प्रदेशमा ७ प्रहरीसहित ४० जना कोरोना संक्रमित थपिए

प्रकाशित मिति :  4 September, 2020 7:11 am


काठमाडौं,१९ भदौ ।

गण्डकी प्रदेशमा ४० जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य निर्देशनालय पोखराका अनुसार प्रदेशभित्रका ६ जनामा ४० जना नयाँ संक्रमित थपिएका हुन् । जस अन्तर्गत कास्कीको पोखरा उपमहानगरपालिका भित्र १६ जना, नवलपरासी पूर्वमा १७ जना, लमजुङमा ३ जना, तनहुँमा २ जना, स्याङ्जा र बागलुङमा १,१ जना रहेका छन् ।

संक्रमित मध्य पोखरा उपमहानगरपालिका वडा नम्बर १५ मा रहेका ७ जना प्रहरी रहेका छन् । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २३५२ पुगेको निर्देशनालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !