६ जेष्ठ २०८१, आइतबार

गण्डकी प्रदेशमा ११ जना संक्रमित थपिए

प्रकाशित मिति :  8 September, 2020 1:10 pm


काठमाडौं,२३ भदौ ।  गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण प’ष्टि भएको छ । पोखरा महानपालिकामा ५ जनासहित गण्डकी प्रदेशमा ११ जना संक्रमित थपिएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

त्यस्तै आज थपिने संक्रमितमा नवलपरासी वर्दघाटका ६ जना रहेका छन । यो सँगै गण्डकी प्रदेशमा अहिले सम्म कोरोना संक्रमितको संख्या २ हजार ६ सय १२ प’गेको निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार गण्डकी प्रदेशमा हालसम्म ५२ हजार ५२५ जनाको पिसिआरको नमूना संकलन गरी परीक्षण गरिएको थियो । ती मध्ये संक्रमितको संख्या दुई हजार ६सय १२ छ भने ४९ हजार ९१३ जनामा संक्रमण देखिएको छैन । त्यस्तै सक्रिय संक्रमितको संख्या ८ सय ७, निको हुनेका संख्या १ हजार ७ सय ८५ रहेको र २० जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

आज थपिएका संक्रमित मध्ये नवलपरासीका सबै संक्रमितलाई आइसोलेसन केन्द्र लगिएको र कास्कीका संक्रमितलाई आइसोलेशन केन्द्र लैजाने तयारी रहेको पनि निर्देशनालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !