३० बैशाख २०८१, आइतबार

गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना पुष्टि

प्रकाशित मिति :  11 September, 2020 12:56 pm


काठमाडौं, २६ भदौ ।  गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार १७ जना थपिएसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ७ सय ४७ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

आज संक्रमित भएका मध्ये स्याङ्जा पुतलीबजार नगरपालिकाका २, नवलपरासी ९बर्दघाट सुस्तापूर्व गैँडाकोटका ११ र कावासोतीका १ जना छन् । प्रदेशमा हालसम्म ५४ हजार ८सय ८९ को पिसिआर परीक्षण गरिएकामा ५२ हजार १सय ४२ जनामा संक्रमण देखिएन ।

हालसम्म १ हजार ८ सय १४ जना उपचारपछि निको भएको र सक्रिय संक्रमित ९११ रहेको निर्देशनालयले जनाएको छ । कोरोना भाइरस कोभिड १९का कारण प्रदेशमा हालसम्म २२ जनाको मृत्यु भएको छ ।



प्रतिक्रिया दिनुहोस !