पाल्पामा पहिरोले घर पुरिँदा ३ जना वेपत्ता
प्रकाशित मिति : 27 September, 2026 11:09 am
काठमाडौँ । पाल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता भएको छन् । माथागढी गाउँपालिका–३ भसकट्टामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता भएका हुन ।
नेपाल प्रहरीका अनुसार आइतबार बिहान करिब ४: ३० बजे वर्षाका कारण खसेको पहिरोले स्थानीय लिलबहादुर घर्ती मगरको घर पुरिएर घरधनी लिलबहादुरसहित उनकी १७ वर्षीया छोरी दिना घर्ती मगर र छिमेकी मोतिलाल घर्ती मगरकी १५ वर्षीया छोरी झरना घर्ती बेपत्ता भएका छन्।
घटना लगत्तै बेपत्ताको खोजी तथा उद्धारका लागि प्रहरी टोली परिचालन गरिएको प्रहरीले जनाएको छ।
लगातारको वर्षाका कारण पहिरोको जोखिम बढिरहेको अवस्थामा घटनास्थलमा उद्धार तथा खोजी कार्य जारी रहेको छ। घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।









