६ जेष्ठ २०८१, आइतबार

गण्डकी प्रदेशमा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित मिति :  14 September, 2020 2:45 pm


काठमाडौ,२९ भदौ ।गण्डकी प्रदेशमा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्रपोखरामा गरिएको परीक्षणमा ४ जिल्लाका ४४ जनामा संक्रमण पुष्टि भएको हो ।

कास्कीमा ३४, तनहुँमा ६, लमजुङमा ३ र स्याङ्जामा १ जना थपिएका हुन् । यो सहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ६४ पुगेको छ । तीमध्ये १८ सय ६१ जना निको भएका छन् भने २९ संक्रमितको मृत्यु भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

मृत्यु हुनेमा कास्कीका ९, नवलपुर र गोरखाका ५, तनहुँका ४, स्याङ्जाका ३, बागलुङ, म्याग्दी र लमजुङका एक/एक जना रहेको निर्देशनालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !