६ जेष्ठ २०८१, आइतबार

गण्डकी प्रदेशमा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित मिति :  15 September, 2020 1:25 pm


काठमाडौं,३० भदौ । गण्डकी प्रदेशमा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतष्ठिान, क्षयरोग उपचार केन्द्र र चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा मंगलबार ७ जिल्लाका ४७ जनामा कोरोना पोजेटिभ देखिएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

कोरोना संक्रमण हुनेमा नवलपुरका २०, स्याङ्जाका १२, तनहुँका ९, कास्कीका ३, गोरखा, लमजुङ र मनाङका ११ जना छन् । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३१ सय १२ पुगेको छ । तीमध्ये १८ सय ९५ जना निको भएका निर्देशनालयले जनाएको छ ।

त्यस्तै गण्डकी स्वास्थ्य निर्देशनालयका अनुसार गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ । गोरखाको बारपाक सुलिकोट गाउँपालिका ८ की ६३ वर्षीया संक्रमित महिलाको मृत्यु भएसँगै मृतकको संख्या ३० पुगेको हो ।



प्रतिक्रिया दिनुहोस !